INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–८ लोहरपुरका २३ वर्षीय लक्ष्मण साउदलाई ९८२ असार ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ७ गते बलात्कार गरेको बालिकाकी साथीबाट जानकारी पाएपछि आरोपित विरुद्ध प्रहरीका उजुरी दिएको पीडितकी आमाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी राजकुमार सिंहले बताउजु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ११ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

अन्य

भिडियो