२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बलवा नगरपालिका-६ का २५ वर्षीय गौरीशङ्कर महतोलाई जिल्ला प्रहरी कार्यालय, महोत्तरीले असार ९ गते गिरफ्तार गरेको छ ।
आरोपित महतोविरुद्ध पीडित पक्षले जिल्ला प्रहरि कार्यालय, महोत्तरीमा ०८२ असार ८ गते उजुरी दिनुभयो ।
आरोपित महतोले पीडित युवतीलाई असार ३ गते विभिन्न किसिमको प्रलोभन देखाइ बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडित युवतीको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जलेश्वरमा असार ८ गते भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका इन्स्पेक्टर अशोक झाले जानकारी दिनु भयो ।