१४ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपममा सम्सि गाउँपालिका-६ का ३२ वर्षीय मोहम्मद हदिसविरुद्ध पीडित पक्षले जिल्ला प्रहरि कार्यालय, महोत्तरीमा असार ९ गते उजुरी दिनुभएको छ ।
आरोपित हदिसले ०८१ चैत्र १५ गते बालिकालाई फोन गरी घर नजिकै बोलाएर अपहरण गरी भारतको पन्जाब लुधियानामा बन्धक बनएर बलात्कार गरेको पीडित पक्षको आरोपमा छ ।
पीडित पक्षका अनुसार ०८२ असार ७ गते पीडित बालिका परिवारको सम्पर्कमा आएपछि असार ८ गते घटना बारे प्रहरीलाई जानकारी गराएको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जलेश्वरमा असार ८ गते भयो ।
आरोपित हदिसलाई गिरफ्तार गरी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरि कार्यालय, महोत्तरीका इन्स्पेक्टर अशोक झाले जानकारी दिनु भयो ।