INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बराहक्षेत्र नगरपालिका-५ मुसहरी टोलकी २४ वर्षीया ढलीसदाको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति सोनिया मुसहरलाई असार ८ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले कुटपिट गरी ढलीसदाको हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८२ असार ८ गते इलाका प्रहरी महेन्द्रनगरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा असार ९ गते गरिएको छ । पीडित पक्षले असार ९ गते शव बुझी बराह क्षेत्रनगरपालिका-५ मा सद्गत गरेको छ ।

अन्य

भिडियो