INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका-६ पल्लाबारीका  २३ वर्षीय हरदेव यादवलाई असार ८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८२ असार ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि इलाका प्रहरी, बनियानीको टोलीले गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा असार ९ गते गरिएको छ ।

अन्य

भिडियो