INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपममा बलवा नगरपालिका-६ का २५ वर्षीय गौरीशङ्कर महतोविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा, महोत्तरीमा असार ८ गते उजुरी दिनु भएको छ ।

आरोपित महतोले पीडित युवतीलाई ०८२ असार ३ गते युवतीलाई विभिन्न प्रलोभन देखाएको र फोन गरेर काम छ भनि घर नजिकै बोलाएर बलात्कार गरेको पीडित पक्षको आरोपमा छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जलेश्वरमा असार ८ गते भयो ।

आरोपित महतो फरार भएकोले आरोपितको खोजतलास गरिरहेको गरेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका इन्स्पेक्टर अशोक झाले जानकारी दिनु भयो ।

अन्य

भिडियो