४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फेदीखोला गाउँपालिका–३ कराम्दीका २७ वर्षीय सूर्य मिजारलाई ०८२ असार ५ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई असार ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई फेदीखोलाको आरुखर्कबाट गिरफ्तार गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । आरोपितलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको उहाँले बताउनुभयो ।
बालिकाको स्वास्थ्य परीक्षण असार ५ गते प्रदेश अस्पताल स्याङ्जामा गरिएको थियो ।