INSEC Online

📅 २०८३ जेष्ठ २२

चक्कु प्रहारबाट पत्नी घाइते, पति गिरफ्तार

फिदिम नगरपालिका- २ की २८ वर्षीया विपना क्षेत्रीलाई चक्कु प्रहार गरी घाइते बनाएकाे आरोपमा प्रहरीले २८ वर्षीय पति सूर्य सेरेङलाई जेठ ५ गते गिरफ्तार गरेको छ।

घरायसी विवादका क्रममा आरोपितले ०८२ जेठ ५ गते पत्नीलाई चक्कु प्रहार गरी घाइते बनाएकाे आरोपमा अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुपेश तामाङले बताउनु भयो।

चक्कु प्रहारबाट घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको

छ।

अन्य

भिडियो