INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितहरु गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खार्पुनाथ गाउँपालिका–१ लालीका २३ वर्षीय प्रकाश रावल र सोही ठाउँका २३ वर्षीय किरण बुढालाई प्रहरीले असार १ गते गिरफ्तार गरेको छ ।

आरोपितहरुले पीडित बालिकालाई वैशाख १९ गते सदरमुकाम सिमकोट बजारको दुरसञ्चार मार्ग भन्ने स्थानमा बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १८ गते जिल्ला अस्पतालमा गरिएको छ।

अन्य

भिडियो