INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित धनकौल गाउँपालिका-५ का ३२ वर्षीय बिर बहादुर मोक्तानविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८२ असार १ गते उजरी दिनु भएको छ ।

पीडित बालकलाई आरोपित मोक्तानले रोजगारीको प्रलोभन देखाई ०८२ जेठ २८ गते भारतको विहार राज्य पटनास्थित दरभंगामा लग्दै गर्दा इलाका प्रहरी कार्यालय बलराबाट नेपाल भारत सिमामा खटिएका प्रहरी टोलीले आरोपितलाई सोध पुछ गर्न खोज्दा आरोपितले बालकलाई समेत लिएर भारत तर्फ नै फरार भएको र भारतीय प्रहरी एसएसबीको सहयाेगमा जेठ २९ गते सितामढी जिल्लाबाट बालक र आरोपित समेतलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।

बालकलाई उद्धार गरी परिवारजनको जिम्मा लगाएको र आरोपित मोक्तानलाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराएर अनुसन्धान गरिरहेको डिएसपी राईले जानकारी दिनु भयो ।

अन्य

भिडियो