INSEC Online

📅 २०८३ जेष्ठ २१

साइबर क्राइम आरोपमा दुई जना गिरफ्तार

सामाजिक सञ्जालमा २७ वर्षीया युवतीको अश्लिल फोटो र भिडियो पोष्ट गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले भोजपुरको षडानन्द नगरपालिका-१ का २९ वर्षीय सुजन भुजेल र सोही ठाउँमा २१ वर्षीय विपल राईलाई गिरफ्तार गरेको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि खाँदवारी नगरपालिकाबाट जेठ २७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अभिषेक श्रेष्ठले बताउनु भयो ।

सामाजिक सञ्जालमा पीडित युवतीको चरित्रहत्या हुने गरी अश्लिल फोटो र भिडियो पोष्ट गर्दै रकम समेत मागेको आरोपमा पीडित युवतीले आरोपितद्वयविरूद्ध ०८२ जेठ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो