१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषाधाम नगरपालिका-१ गोविन्दपुरका २४ वर्षीय रामनाथ यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय धनुषाधाममा जेठ २७ गते उजुरी दिनुभएको छ ।
आरोपितले पीडित बालिकालाई जेठ २५ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । अत्याधिक गर्मीका कारण राति घर बाहिर आँगनमा एक्लै सुतिरहेकी बालिकालाई आरोपितले बलात्कार गरेको पीडित पक्षले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २६ गते प्रादेशिक अस्पताल जनकपुरधाम भयो ।
घटना पश्चात आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इन्स्पेक्टर गणेश खनालले जानकारी दिनु भयो ।