INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका –१० का ६६ वर्षीय  जमिल अहमद जागालाई प्रहरीले ०८२ जेठ २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८२ वैशाख १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २६ गते इलाका प्रहरी कार्यालयमा मोतीपुरमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर डमरपाल बताउनु भयो । उहाँले गिरफ्तार गरिएका जागालाई बर्दिया जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २६ गते बर्दिया अस्पताल, गुलरियामा गरिएको छ ।

अन्य

भिडियो