INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नगरपालिका– ४ जितपुरका २१ वर्षीय खुश्वुदिन देवानलाई ०८२ जेठ २६ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई जेठ २४ गते बलात्कार गरेको भन्दै पीडित परिवारले जेठ २५ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डि.एस.पि. विरदत्त पन्तले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २५ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गराइएको छ ।

अन्य

भिडियो