INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-५ फलाटेका २७ वर्षीय उमेश भनिने रविन कार्कीविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।

पीडित युवतीलाई आरोपितले ०८१ असोज २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८२ जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २३ गते गरिएको छ । स्वास्थ्य परीक्षण रिपोर्टमा पीडितको पेटमा आठ महिनाको गर्भ रहेको देखिएको इन्स्पेक्टर कार्कीको भनाइ छ ।

अन्य

भिडियो