पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा– ११ शुभकामना पथका २६ वर्षीय सोनु परियारलाई जेठ २३ गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई जेठ २२ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले जेठ २३ गते इलाका प्रहरी कार्यालय बुटवलमा यौन दुर्व्यवहार सम्बन्धी कसुरमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।