नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-१ का ६६ वर्षीय झड्केलो बुवालाई प्रहरीले जेठ २० गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८२ जेठ १२ गते बलात्कार गरेको पीडित पक्षले आरोपितविरूद्ध जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीकाभ आधारमा आरोपितलाई अनुसन्धानको लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिम्सिनाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २० गते गरिएको छ ।