INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको कसुरमा सात वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दंगीशरण गाउँपालिका–५ का २७ वर्षीय हिमराज खत्री भन्ने हेमराज केसीलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधिश तेजनारायण पौडेलको जेठ २१ गतेकाे इजलासले  आराेपितलाई कसुरदार ठहर गर्दै सात वर्ष कैद, ३ लाख जरिबाना, ४० हजार रुपियाँ क्षतिपूर्ति र १ हजार ३ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

केसीले बालिकालाई ०८१ असार २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ३० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण असार ३० गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको थियो । प्रहरीले आरोपितलाई असार ३० गते घरबाटै गिरफ्तार गरी साउन २१ गते बलात्कार सम्बन्धी मुद्धा चलाएको थियो ।

अन्य

भिडियो