INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबइ गाउँपालिका–४ का २७ वर्षीय भूपेन्द्र खत्रीलाई ०८२ जेठ २१ गते गिरफ्तार गरेको छ ।
आराेपितले बालिकालाई जेठ ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका  डिएसपी अनिल सिंह ठकुरीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २० गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको थियो ।

अन्य

भिडियो