INSEC Online

📅 २०८३ जेष्ठ २१

जिस्क्याउने क्रममा बालक घाइते, आरोपित गिरफ्तार

पथरीशनिश्चरे नगरपालिका-६ का सात वर्षीय बालकको लिङ्ग काटिदिएको आरोपमा प्रहरीले सोही ठाउँका ४८ वर्षीय महेश चौधरीलाई जेठ २० गते गिरफ्तार गरेको छ ।

बालकलाई जिस्क्याउने क्रममा फलाम काट्ने मशिनले बालकको लिङ्ग काटिदिएको आरोपमा आरोपितलाई अनुसन्धानका लागि विराटनगर महानगरपालिका-४ स्थित नोवेल अस्पतालबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले बताउनु भयो ।

जिस्किने क्रममा बालकको लिङ्ग काटिएपछि उपचारका लागि नोवेल अस्पताल लिएर आएका आरोपितलाई गिरफ्तार गरिएको डिएसपी जोशीले बताउनु भयो ।

आरोपितविरूद्ध पीडित पक्षले जेठ २१ गते इलाका प्रहरी कार्यालय, पथरीमा उजुरी दिएको छ ।

घाइते बालकको नोवल अस्पताल, विराटनगरमा उपचार भइरहेको छ ।

अन्य

भिडियो