INSEC Online

📅 २०८३ जेष्ठ २२

खप्तड छेडेदह गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

खप्तड छेडेदह गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आयोजित विशेष कार्यक्रममा गाउँपालिकालाई ०८२ जेठ १८ गते पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको खोप तथा रोग नियन्त्रण महाशाखाले तय गरेका मापदण्डहरू पूरा गरेपछि खप्तड छेडेदह गाउँपालिकाले आफूलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख दलबहादुर रावतले बताउनु भयो ।

गाउँपालिकाको वडा नम्बर १ देखी ७ नम्वर वडामा जन्मदेखि १५ महिनासम्मका १ सय २३ जना बालबालिका र १६ महिनादेखि ५९ महिनासम्मका १ हजार १ सय १७ जना बालबालिका गरी १ हजार २ सय ४०  जना बालबालिका खोप सेवाको पहुँचमा पुगेका र अन्य आवश्यक सबै नियमित खोप दिइसकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रावतले बताउनु भयो ।

गाउँपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवाला निकायहरूको संयुक्त प्रयासमा खोप अभियानलाई सफल गरिएको खप्डत छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावलतले बताउनु ।

गाउँपालिका अध्यक्ष दिलबहादुर रावलले पालिकाले सम्पूर्ण बालबालिकालाई खोप सेवामा समावेश गराउनु मात्रै होइन यसलाई दीगो बनाउँदै लैजान चुनौतिपूर्ण कार्यभएकोले यसको निरन्तरताको लागि सवै कर्मचारी र सरोकारवालले प्रतिबद्ध हुन जरुरी रहेको बताउनु भयो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत्त नन्द रावतले खोपले बालबालिकालाई झाडा, पोलियो, दादुरा, टिटानस जस्ता घातक रोगहरूबाट बचाउने भएकोले यसको पहुँच सबैसम्म पु¥याउनु अत्यन्त जरुरी रहेको बताउनु भयो ।

खप्तड छेडेदह गाउँपालिका जिल्लामै पूर्ण खोप सुनिश्चितता हासिल गर्ने पहिलो स्थानीय तह भएसँगै भविष्यमा पनि नियमित अनुगमन, जनचेतना अभिवृद्धि र स्वास्थ्य पूर्वाधारको सुदृढीकरण मार्फत खोप सेवाको दिगोपना कायम राख्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

अन्य

भिडियो