१५ र १६ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा पनौती नगरपालिका–१० का ३७ वर्षीय सुदिप गुरुङ भनिने कृष्ण श्रेष्ठलाई २०८२ जेठ १९ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले बालिकाहरुलाई जेठ १० गते बनेपा नपा–८ मा रहेको चण्डिका गेष्ट हाउस र धुलिखेल नपा–६ मा रहेको कोशिपारी भोजनालय एण्ड लजमा लगेर बलात्कार गरेको भन्दै पीडितका आफन्तले जेठ १६ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परिक्षण जेठ १५ गते धुलिखेल अस्पतालमा गरिएको छ । आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलेले बताउनुभयो ।