सप्तरी, शम्भुनाथ नगरपालिका-२ स्थायी घर भइ झापाको दमक नगरपालिका-२ मा बस्दै आएकी २३ वर्षीया रेणु मरिकलाई विष सेवन गराइ हत्या प्रयास गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति दीलिपकुमार मरिकलाई जेठ २० गते गिरफ्तार गरेको छ ।
कफ सिरफ भनेर विष सेवन गराइ हत्या प्रयास गर्न खोजेको आरोपमा प्रहरीले आरोपितलाई ०८२ जेठ २० गते अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका क्रममा आरोपितले पत्नीलाई ०८२ जेठ १० गते खोकीको औषधि भनि विष सेवन गराइ हत्या प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जेठ १० गते जिल्ला प्रहरी कार्यालय, सप्तरीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई अनुसन्धानका लागि झापाको दमक नगरपालिका २ बाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
आरोपितले आगो लगाएर मार्न खोजेको समेत पीडितले प्रहरीलाई बयान दिएको जिल्ला प्रहरी कार्यालय, झापाका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भएको छ ।