INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई मकवानपुर जिल्ला राक्सिराङ्ग गाउँपालिका— ६ स्थिायी घरभई मेलम्ची बजरमा मजदुरी काम गर्दै आएका २८ वर्षीय रोमन चेपाङले बलात्कार गरेको घटना विरुद्ध ०८२ जेठ १९ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई ०८२ बैशाख ३० गते चेपाङले बलात्कार गरेको पीडितपक्षको आरोप छ ।

आरोपित फरार भएकाले खोजि भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १८ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा भयो ।

अन्य

भिडियो