INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढी पहिरोबाट बिस्थापित भएका परिवारको बास बस्ने ठाउँकै अभाव

गत वर्ष असोज महिनाको अविरल वर्षाको कारणले आएको पहिरोले घर बगाएर विस्थापित भएका जुगल गाउपालिका— २ तेघा गाउँका पाँच घर परिवारलाई अहिलेसम्म बास बस्ने ठाउँकै अभाव भएको छ ।

०८१ असोज महिनाको ९ गते देखि १४ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले जिल्लामा धेरै घर बगाएको थियो । पहिरोले घर बगाएर बिस्थापित भएका अरु ठाउँका नागरिकको पुनस्थापित भए पनि जुगलको तेघा गाउका पाँच घर परिवारका ४२ जनाको अहिलेसम्म बास बस्ने ठाउँकै कुनै टुङ्गो नभएको तेघाबाट विस्थापित भएर चौतारा सागाचोगढी नपा— १ स्थित चित्रेमा बासन्थानका लागि छाप्रो बनाउन्दै गरेका तेञ्जिङ शेर्पाले बताउनु भयो ।

2 (7)

तेघा गाउमा पहिरोले तेञ्जिङ शेर्पा, मिङमार शेर्पा, लाक्पा शेर्पा, धार्के शेर्पा र पेम्वा शेर्पाको घर असोज महिनाको अविरल वर्षाको कारणले आएको पहिरोले बगाएको थियो । वर्षापछिको बाढी पहिरोका कारण जिल्लामा १० जनाको मृत्यु भएको थियो भने दुई जना बेपत्ता भएका थिए ।

घर पहिरोले बगाएपछि उनिहरू हालसम्म कहिले आफन्तको घरमा त कहिले चौरी खर्कमा बस्दै आएका थिए । तेघा गाउका उनिहरू चौरी पालन गरी व्यवसाय गर्दै आउने शेर्पा समुदाय हुन् ।

घर बगाएर बिस्थापित भएका पाच परिवारको बिचल्ली देखेर जिल्लामा क्रियाशिल एक गैर सरकारी सस्थाले बास बस्ने ठाउँ बनाउने सामाग्रीको सहयोग गरेपछि अहिले उनिहरू चौतारा सागाचोकगढी नपा— १ स्थित चित्रे भन्ने ठाउँमा बास बस्ने छाप्रो बनाउँदै गरेको लाक्पा शेर्पाले बताउनुभयो ।

घर बगाएर बिस्थापित भएका तेघा गाउका उनिहरूलाई सरकारले तीन लाख रुपैया दिए पनि सरकार दिएको रकमले बास बनाउन समस्या भएको बिस्थापित धार्के शेर्पाले बताउनुभयो ।

गत असोज महिनामा भएको निरन्तर भोटेकोशी गाउपालिका— ३ मा रहेको लार्चा पुल, अरनिको राजमार्गमा पर्ने भोटेकोशी गाउपालिका— २ लिपिङ— कोदारी जोड्ने पक्की पुल, सोहि गाउपालिका— २ मा रहेको अर्को बेलिब्रिज पुल पनि बाढीले बगाएको थियो । जसले गर्दा नेपाल— चीन नाका समेत बन्द भएको थियो । अविरल वर्षाको कारणले जिल्लाभर ६५ वटा घर बगाएको थियो  ।

बाढी र पहिरोबाट विस्थापित भएकाहरू सबैको पुनस्थापना भएपनि जुगल गाउपालिका— २ तेघाका पाँच घर परिवारको बिभिन्न कारणले बासको ब्यवस्थापन हुन नसकेको विपद ब्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो । बिभिन्न सहयोगी निकायको सहयोग लिएर तेघा गाउँका बिस्थापितहरूलाई बासको ब्यवस्थापन हुने प्रमुख जिल्ला अधिकारी किरन थापाको भनाई छ ।

1 (7)

अन्य

भिडियो