१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–१५ का १९ वर्षीय सन्तोष रामलाई जिल्ला अदालत चितवनका न्यायधीश दुर्गादेवी गुरुडको इजलासले ०८२ जेठ १३ गते १२ वर्ष कैद हुने फैसला गरेको छ ।
कैदाका साथै ५ लाख रुपैयाँ जरिवाना, २० हजार रुपैयाँ क्षतीपूर्ती र पीडित राहत कोषमा ५० हजार रुपैयाँ भराउने समेत फैसला भएको चितवन जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद आचार्यले बताउनुभयो ।
पीडित बालिकाकालाई ०७९ असोज १३ गते चितवन भरतपुर महानगरपालिका–१५ गोपालचोक स्थित प्लटिङमा सन्तोष रामले जबरजस्ती करणी गरेको भनी पीडितको आमाले असोज १३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो ।
बालिकाको असोज १३ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भयो । आरोपीत सोही दिन गिरफ्तार भए । कार्तिक ३ गते न्यायधीश उद्धव भटराइको इजलास आदेशले राम पूर्पक्षका लागि थुनामा गएका थिए ।