३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका-४ का ४१ वर्षीय राजा भनिने राजेन्द्र महतलाई इलाका प्रहरी कार्यालय हरिवनले ०८२ जेठ १३ गते गिरफ्तार गरेको छ ।
आरोपित महतले पीडित महिलालाई ०८२ वैशाख ७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय हरिवनमा जेठ १२ गते उजुरी दिनु भयो ।
आरोपित महतलाई जेठ १३ गते गिरफ्तार गरी जेठ १४ गते जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण सर्लाही जिल्ला अस्पताल मलंगवामा जेठ १२ गते भयो ।