INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

३२ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित सिरहा नगरपालिका-१२ का ४३ वर्षीय शकिल शेषविरुद्धको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले ०८२ जेठ ११ गते दर्ता गरेको छ ।

आरोपितले महिलालाई ०८२ वैशाख २८ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहमा जेठ ८ गते उजुरी दिएको पीडितले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा जेठ ८ गते भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर आकाश उप्रेतीले आरोपित शेष फरार रहेकोले उजुरी दर्ता गरी खोजतलास गरिरहेको बताउनु भयो ।

अन्य

भिडियो