INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप प्रहरीले विराटनगर महानगरपालिका-६ का ३५ वर्षीय मोहम्मद साविरलाई जेठ १३ गते गिरफ्तार गरेको छ ।

बालिकालाई झारफुकका बहानामा ०८२ वैशाखयता यौन दुर्व्यवहार गर्दै आएका साविरविरुद्ध पीडित पक्षले जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतलामा जेठ १३ गते गरिएको छ ।

अन्य

भिडियो