INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई ०८२ वैशाख १६ गते बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका-६ का २४ वर्षीय बिनोदकुमार चौधरीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा जेठ ८ गते उजुरी दिनु भएको छ ।

घटनापछि आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर रोमन राज अर्यालले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सर्लाही जिल्ला अस्पताल मलंगवामा ०८२ जेठ ९ गते भएको डा. संजिव कुमार सिंहले जानकारी दिनु भयो ।

अन्य

भिडियो