INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा क्षिरेश्वरनाथ नगरपालिका-४ का २८ वर्षीय सन्जित रायलाई प्रहरीले जेठ  ८ गते गिरफ्तार  गरेको छ।

आरोपितले जेठ ३ गते क्षिलेश्वरनाथ नगरपालिकामा अवस्थित कागज उद्योगको छेउमै रहेको नदीको किनारामा घाँस काटिरहेकी एक्ली पीडित महिलालाई डरधाक देखाई बलात्कार गरेको पीडित पक्षले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जेठ ५ गते उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जनकपुरधामस्थित प्रादेशिक अस्पताल जेठ ४ गते भयो ।

आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका वरिष्ठ हवल्दार पंकज यादवले जानकारी दिनुभयो ।

अन्य

भिडियो