INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानी अभाव हुँदा स्थानीयलाई समस्या

आदर्श गाउपालिका–२ मौवामा खानेपानीको अभाव भएपछि स्थानीयहरुले सास्ती खेप्नुपरेका छ । गाउँपालिका हाता भित्र रहेको डिप बोरिङ्को पानी उपभोक्ताहरुलाई प्रयाप्त नहुँदा, ढुंगेधाराहरुका मुहान सुक्दै गएका कारण खानेपानीको अभाव चुलिएको र स्थानीयहरुले खानेपानीका लागि सास्ती खेप्नुपरेको हो ।

खानेपानी अभाव भएपछि स्थानीयबासी ढुंगेधाराहरुमा पानी भर्नका लाइनमा बस्नु पर्ने बाध्यता सृजनाभएको स्थानीयहरुको गुनासो छ ।

ढुंगेधाराहरुमा पनि हिउदमा पानी सुक्ने भएका कारण एक गाग्री पानी भर्न पनि धेरै समय लाग्ने र पानीकै लागि धारामा झगडा समेत हुने गरेको स्थानीय प्रेम पठकले बताउनु भयो ।

photo20250523doti (1)

पानीकै लागि धण्टौँ लाईन बस्नु पर्ने भएका कारण समयमै खाना खुवाएर बालबालिकाहरुलाई विद्यालय पठाउन समस्या हुने गरेको, घरव्यवहार तथा अन्य कामहरुमा समेत बाधा पुग्ने गरेको र होटल व्यावसायमा पनि समस्या उत्पन्नभएको स्थानीय बबिता नेपालीले बताउनु भयो ।

आदर्श गाउँपालिकाका अधिकांश वडाहरुमा खानेपानीको अभाव रहेको र सो समस्या समाधानका लागि बृहत खानेपानी आयोजना सुरु हुन लागेको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खडकाले जानकारी दिनु भयो

खानेपानीका लागि ५८ करोड बरावरको ठेक्का आव्हान भएको र अगामी आर्थिक वर्षमा काम सुरु हुने अध्यक्ष खडकाको भनाइ छ ।

photo20250523doti (2)

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनि स्पष्ट व्यवस्था गरिएको भएता पनी आदर्श गाउँपालिका वडा नम्बर २ का १ सय ५० परिवारहरूले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।

अन्य

भिडियो