सन्धिखर्क नगरपालिका-५ मधुरा मावि नेटामा स्थगित भएको ‘क’ र ‘ख’ मतदान केन्द्रको पुनः मतदान मङ्सिर २३ गते हुने भएको छ ।
मङ्सिर २२ गते बसेको सर्वदलीय बैठकको निर्णय अनुसार भोलि बिहान ७ बजे देखि ५ बजेसम्म निर्वाचन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना प्रकाशन गरी जानकारी गराएको छ ।
मङ्सिर २१ गत मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्रमा मतदाताले मतदान गरेको भन्दै मतदाताले मतपेटिका र मतपत्र च्यातेपछि मतदान स्थगित भएको थियो ।
स्थगित भएका दुई ओटा केन्द्रमा मङ्सिर २३ गते निर्वाचन हुने गरी सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले जानकारी दिए ।