INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चंखेली गाउँपालिका–२, भट्टेबाडाका १८ वर्षीय अंगलाल जैसीलाई प्रहरीले ०८२ जेठ ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ ३ गते चंखेली गाउँपालिका–३ स्थित गाडघट्ट भन्ने स्थानमा घट्ट पिस्न गएको समय बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जङगबहादुर सिंहले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ६ गते जिल्ला अस्पतामा भयो ।

अन्य

भिडियो