INSEC Online

📅 २०८३ जेष्ठ २१

स्याउलेबस्तीमा खानेपानी अभाव,स्थानीयलाई सास्ती

अमरगढी नगरपालिका–१ स्थित स्याउलेबस्तीमा विगत तीन सातादेखि खानेपानीको हाहाकार भएपछि स्थानीयहरुले सास्ती खेप्नुपरेको छ ।

१४ किलोमिटर टाँढा रहेको मूलबाट आउने पानीले नपुग्ने भएपछि स्थानीय शिखर धारामा खानेपानीका लागि घण्टौँ लाइनमा बस्न बाध्यभएका छन् ।

स्याउलेबस्ती र आसपासका क्षेत्रका करिब ७ सय ७५ घरधुरी उपभोक्तालाई नियमित खानेपानी आपूर्ति हुने पाइपलाइनको जिआई पाइप चुँडिएर आपूर्ति अवरुद्ध भएको हो । जिआइ पाइप चुँडिएको तीन साता बितिसक्दा समेत मार्मतसम्भाव हुन सकेको छैन् । अमरगढी नगरपालिकाको वडा नम्बर १ र २ का अधिकांश स्थानीयहरु यही मूलको पानीमा निर्भर छन् ।

स्थानीयहरुले स्याउले बजार नजिकैको ‘शिखर धारा’बाट वैकल्पिक रूपमा पानीको प्रयोग गर्ने गरेका छन् । एक गाग्री पानी लिनका लागि घण्टौँ लाइन बस्नु पर्ने बाध्यता रहेको स्थानीय चन्द्र दियालले दुखेसो पोख्नु भयो ।

अमरगढी नगरपालिका–१ का अध्यक्ष लोकबहादुर ऐरले पानीको मूल टाँढा भएकाले प्राविधिक समस्या आउँदा तत्काल समाधान गर्न कठिनाइ भएको बताउनु भयो ।

‘हामीले जेनेरेटरसहित प्राविधिक टोली पठाएर चुँडिएको जिआई पाइप मर्मत गर्ने प्रयास थालेका छौं,’ उहाँले भन्नुभयो, ‘एक / दुई दिनमै समस्या समाधान हुन्छ ।’

हिउँदमा पानीको स्रोत सुक्ने, बर्खामा पहिरोले पाइप बगाउने तथा बेलाबेला पाईपलाईनमा समस्या आउँदा उपभोक्ताहरु समस्यामा पर्ने गरेका छन् ।

समेत खानेपानी अभाव भएपछि विद्यालय, स्वास्थ्यचौकी तथा होटल व्यवसायमा समेत  नकारात्मक प्रभाव परेका छ । बस्तीमा पानीको अभावसँगै सरसफाइको समस्या र स्वास्थ्य जोखिम बढेको छ ।

अन्य

भिडियो