१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय काकालाई प्रहरीले ०८२ जेठ ३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले अन्तिम पटक ०८२ वैशाख १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १४ गते नेपालगञ्जस्थित भेरी अस्पतालमा भयो । आर्थिक अवस्था कमजोर रहेकोले पीडित बालिकालाई न्यायमा पहुँचका लागि सहयोग पुग्ने उद्देश्यले इन्सेकले आर्थिक सहायता प्रदान गरेको थियो ।