INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आफन्त नाता पर्ने चौरपाटी गाउँपालिकाका २२ वर्षीय युवकलाई ०८२ जेठ ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई ०८२ वैशाख २८ गते घरमै गएर आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

बिभिन्न प्रकारको धम्की दिएर आरोपितले आफूलाई एक वर्ष अगाडिदेखि पटकपटक बलात्कार गर्दैआएको पीडितको आरोप छ ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ३ गते जिल्ला अस्पताल, अछाममा गरिएको छ ।

अन्य

भिडियो