INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला कारागारका कैदीबन्दीमा क्षयरोग सङ्क्रमण बढ्दै !

नवलपरासी जिल्ला कारागारका कैदीबन्दीहरूमा क्षयरोग सङ्क्रमण बढ्दै गएको छ । उक्त कारागारका कैदीबन्दीहरूमा क्षयरोग सङ्क्रमण हुनेको सङ्ख्या १ सय ११ जना पुगेको छ ।

पछिल्लो पटक उक्त कारागारमा रहेका ५ सय ३७ जना कैदीबन्दीहरूको रक्त परीक्षण गर्दा क्षयरोगको सङ्क्रमण उल्लेख्य सङ्ख्यात्मक रूपमा बढिरहेको डाक्टर रोशन खत्रीले जानकारी दिनुभयो । हाल जिल्ला कारागारमा ४ सय ५८ जना पुरुष र ८८ जना महिला रहेकोमा रक्त परीक्षणमा १७ जना महिला र ९४ जना पुरुष गरी १ सय ११ जनाका क्षयरोगको पुष्टि भएको कारागार प्रशासक विकल श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।

यसैगरी जिल्ला कारागारका चौकीदार श्याम पुलामी मगरले आफूमा समेत सङ्क्रमण देखिएको र कारागारको अस्वस्थ्य पानी, सरसफाइमा लापर्वाही र उच्च कैदीबन्दीको सङ्ख्याका कारण रोग फैलिरहेको जानकारी दिनुभयो । क्षयरोगका साथै अन्य रोग झाडापखला, म्यादे ज्वरोका बिरामी पनि कारागारमा बढिरहेको चौकीदार पुलामीले बताउनु भयो ।

अन्य

भिडियो