१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका–३, पञ्चकोशी सङ्गमटोलका ६० वर्षीय गगन कामीलाई प्रहरीले ०८२ वैशाख २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ चैत १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८२ वैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ३० गते प्रदेश अस्पताल, सुर्खेतमा भयो ।