INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई ०८१ वैशाख १३ गते बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय, सप्तरीले ०८२ वैशाख २७ गते गिरफ्तार गरेको छ ।

आरोपित बालकलाई गिरफ्तार गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

आरोपित बालकले पीडित बालिकालाई काम छ भनि बोलाई कुराकानी गर्ने क्रममा बालिकालाई धाक धम्की दिई बलात्कार गरेका पीडित पक्षले बताउनु भयो ।

आरोपित विरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय, कडरबोनामा ०८१ वैशाख २२ गते उजुरी दिनुभएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण प्रदेशिक अस्पताल, लहानमा वैशाख २२ गते भएको थियो ।

अन्य

भिडियो