१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले छविसपाथिभेरा गाउँपालिका–४ का ३२ वर्षीय केशर खत्रीलाई ०८२ वैशाख ३१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालय, बझाङमा उजुरी दिनुभएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी जेठ १ गते जबरजस्तीकरण अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर लोकेन्द्र ठगुन्नाले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १ गते जिल्ला अस्पताल, सिमखेतमा गरिएको छ ।