INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा म्यान्मार घर भइ रोहिङ्ग्या समूहको शरणार्थीको रुपमा ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने २२ वर्षीय मोहम्मद लुटफार रहमानलाई प्रहरीले ०८२ वैशाख ३० गते गिरफ्तार गरेको छ ।

आरोपितले वैशाख ६ गते पीडित बालिकालाई ललाई फकाई डरत्रास देखाई बालकुमारी जंगलमा लगी बलात्कार गरेको भन्दै वैशाख २५ गते पीडित परिवारले प्रहरी वृत्त चापागाउँमा दिएका थिए । आरोपितलाई प्रहरीले सुनाकोठीबाट गिरफ्तार गरिएको परिसरका एसपी एवम् प्रवक्ता नरहरि रेग्मीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २५ गते पाटन अस्पतालमा गरिएको थियो ।

आरोपित बिरुद्ध मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी उद्योग मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो