जाजरकोट जिल्ला कारागारमा एक थुनुवा झुण्डिएर मृत अवस्थमा फेला परेका छन् । जाजरकोट कारागारमा पुर्पक्षका लागि थुनामा रहेका भेरी नगरपालिका-१०, आली का २७ वर्षीय दिपक बुढा ०८२ वैशाख २८ गते दिउसो १ बजे झुण्डिएर मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्तकुमार शर्माले वैशाख ५ गते जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका बुढा कारागार भित्र शौचालयको भेन्टिलेसनको सरियामा झुण्डिएरपछि मृत अवस्थामा फेला परेको बताउनु भयो ।
उहाँका अनुसार झुुण्डिएर मृत अवस्थामा भेटिएका थुनुवा जवर्जस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका थिए । अदालतबाट मृतक बुढा विरुद्धको मुद्दा फैसला हुन बाँकी छ । झुण्डिएर मृत्यु भएपछि प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको डिएसपी शर्माले बताउनु भयो । डिएसपी शर्माले मृतक बुढाको शव पोष्टमार्टमका लागि जाजरकोट अस्पताल पठाएको छ ।