३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका-५ का ५६ वर्षीय प्रलाद उप्रेतीलाई वैशाख २८ गते गिरफ्तार गरेको छ।
पीडित महिलालाई लाई आरोपितले ०८१ पुस १४ गते बलात्कार गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरुद्व जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई आठराई गाँउपालिका-१ आफन्तको घरबाट अनुसन्धानका लागि गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोशन कामतीले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १४ गते गरिएको थियो।