१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चाँगुनारायण नगरपालिका– ५ छालिङ का ६१ वर्षीय बिलकुमार दथेपुथेले विरुद्ध ०८२ वैशाख २१ गते उजुरी दर्ता भएको छ ।
पीडितलाई ०८२ वैशाख १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी परिसरमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी परिसरले जनाएको छ।
उजुरीपछि घटनासम्बन्धमा अनुसन्धान जारी रहेको र आरोपित फरार रहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण भक्तपुर जिल्ला अस्पतालमा वैशाख २१ गते गरियो ।