१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै काठमाडौँको महानगरपालिका(३२ शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलमा कार्यरत मोरङको बेलबारी नगरपालिका घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा बस्दै आएका ५४ वर्षीय शिक्षक टीकाप्रसाद सुवेदीलाई ०८२ वैशाख २२ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिनु भयो ।
पीडित बालिकालाई पटकपटक बाल यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाको मौखिक जाहेरीका आधारमा नयाँ बानेश्वर प्रहरी वृत्तले आरोपित सुवेदीलाई गिरफ्तार गरेको प्रहरी परिसर बानेश्वरले जनाएको छ ।
आरोपित सुवेदी विद्यालयको प्रशासनतर्फ परीक्षा विभागमा १२ वषदेखि कार्यरत रहेको विद्यालयले जनाएको छ ।
सुवेदीविरुद्ध पीडितकी आमाले २०८२ वैशाख २० गते उजुरी दिनु भएको थियो । सोही आधारमा प्रहरीले आइतबार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरेर सुवेदीलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको एसपी बोहराले बताउनु भयो ।
बाल यौन दुर्व्यवहारको कसुरमा सुवेदीलाई पाँच दिनको म्याद थपेर प्रहरी वृत्त नयाँबानेश्वरले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सुवेदीले २०८० चैत महिनामा ती बालिकालाई पटकपटक यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । टिफिनको समयमा कक्षाबाट बाहिर निस्केको बेला सुवेदीले आफू एक्लै स्टाफ कोठामा बसी यता आऊ भनेर पीडित बालिकालाई बोलाउने गरेको किटानी जाहेरीमा उल्लेख छ ।
सुवेदीले स्टाफ कोठामा बोलाइ बालिकाको संवेदनशील अङ्गहरूमा छुनेरसमाउने र उनलाई पनि आफ्ना अङ्ग छुने, समाउने गर्न लगाएको आरोप पीडितकी आमाको छ ।
त्यस्तै पछिल्लो पटक २०८० चैत २१ गते दिउँसो ३स्३० बजे आरोपितले सोही घटना दोहोर्याएपछि पीडित बालिकाले आमालाई सबै कुरा बताएकी थिइन् । त्यसपछि विद्यालयमा गुनासो गर्दा उल्टै मिलापत्र गर्न दबाब दिँदै छोरीलाई टर्मिनेट गर्दिने धम्की दिइएको पीडितकी आमाको भनाइ छ ।
२०८२ वैशाख १९ गते स्कुलले पीडितलाई मिलापत्र गर्न बेबीलोनका फाउन्डर तथा प्रिन्सिपल राजु राई, कानुन व्यवसायीहरूसहित १०र१२ जनाले धम्की दिई जबरजस्ती मिलापत्र गर्न लगाइएको पीडित बालिकाकी आमाको भनाइ छ ।
आरोपित सुवेदीलाई मुलुकी अपराध संहिता २०७४ दफा २२५ बमोजिम बाल यौन दुर्व्यवहार कसुरमा कारबाही गर्न माग गरिएको र उक्त व्यवस्थाअनुसार दोषी ठहर भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुनसक्छ ।