११ वर्षीया बलिकालाई ०८२ वैशाख २२ गते यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-८ बलवा का २४ वर्षीय अमर शाहविरुद्ध पीडित पक्षले सोही दिन बलवा प्रहरी चौकीमा उजुरी दिनुभएको छ ।
आँपको बगैचामा खेलिरहेकी बालिकालाई आँप खुवाउने प्रलोनमा पारी यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप रहेको छ ।
आरोपितलाई प्रहरी चौकीमा हाजिर हुनको लागि जानकारी गराएको र हाजिर भएपछि सत्य तथ्य बुझी कारबाही प्रक्रिया अगाडि बढाउने असइ सुरेन्द्र मुखियाले जानकारी दिनुभयो ।