तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले झापा नुवाकोट जिल्ला लिखु गाउँपालिका घर भई हाल काठमाडौँ महानगरपालिका – ७ बस्ने ७२ वर्षीय खेम सेढाईलाई ०८२ वैशाख २२ गते प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले बताउनु भयो ।
सेढाईंलाई सुकेधारस्थित नवदुर्गा पार्टी प्यालेसबाट गिरफ्तार गरिएको हो। उक्त पार्टी प्यालेसमा राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्न गठित नवराज सुवेदी नेतृत्वको जनआन्दोलन परिचाल समितिको बैठक बसेको थियो। सेढाईं बैठकका लागि पार्टी प्यालेस पुगेका थिए ।