आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौतारा सागाचोकगढी नपागरपालिका— १३ का ५५ वर्षीय रेशम सार्कीलाई प्रहरीले ०८२ वैशाख १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८२ वैशाख १ गते फकाएर घरभन्दा केही माथि लगेर बलात्कार गरेको पीडितपक्षको आरोप छ ।
पीडितको तर्फबाट पीडितकी आमाले ०८२ वैशाख ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दएिको जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका दिनेश गोलेले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ९ गते चौतारा अस्पतालमा गरियो ।