अपाङ्गता भएका मतदातालाई सहज रूपमा मत खसाल्न दिन यस जिल्लामा ६७ ओटा मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइएको राससले जनाएको छ ।
अपाङ्गता भएकै कारण मतदानबाट वञ्चित हुन परेको गुनासो आएपछि अपाङ्गतामैत्री केन्द्र बनाइएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख केवलप्रसाद रेग्मीले जानकारी दिए ।
जिल्लाका कुल १ सय १७ ओटा मतदानस्थल अन्तर्गतका १ सय ५३ ओटा मतदान केन्द्र रहेका छन् ।
कूल १ लाख ५ हजार १ सय ८८ जना मतदाता रहेको धनकुटामा १ सय ७३ जना अपाङ्गता भएका मतदाता रहेको निर्वाचन कार्यालय धनकुटाको तथ्याङ्क छ ।